काठमाडौं । NIC Asia Bank ले आफ्नो २८औं वार्षिक साधारण सभाबाट ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । बैंकले आगामी जेठ १८ गते सोमबार आयोजना हुने साधारण सभाबाट उक्त प्रस्ताव पारित गर्ने तयारी गरेको हो ।
बैंकका अनुसार साधारण सभा काठमाडौंको आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८१/८२ को संक्षिप्त वार्षिक आर्थिक विवरण पारित गर्नुका साथै हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव समेत स्वीकृत गर्नेछ ।
बैंकले साधारण सभासम्बन्धी सम्पूर्ण जानकारी शेयरधनीहरूलाई उपलब्ध गराइसकेको जनाएको छ । साथै बैंकले सम्पूर्ण शेयरधनी महानुभावहरूलाई सभामा उपस्थित भई सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ ।
बैंकको पूँजी विस्तार, व्यवसाय वृद्धि तथा नियामकीय आवश्यकता पूरा गर्न हकप्रद निष्काशनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
प्रतिक्रिया 0