काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूको वित्तीय विवरणअनुसार खुद नाफा (Net Profit) मा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ (रु. ८,४९२.२४ मिलियन) खुद नाफा आर्जन गरेको छ।
नबिलपछि ग्लोबल आइएमई बैंक ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा रहेको छ भने कुमारी बैंक ४ अर्ब ७० करोड ७० लाख रुपैयाँ नाफासहित तेस्रो स्थानमा देखिएको छ।
त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) ले ४ अर्ब ४९ करोड ११ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४ अर्ब १२ करोड ३४ लाख रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ, एनएमबी बैंकले ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ, सनिमा बैंकले ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ तथा नेपाल बैंकले ३ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यसैगरी लक्ष्मी सनराइज बैंकको खुद नाफा २ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २ अर्ब ८० करोड १७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको २ अर्ब ६२ करोड ४२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २ अर्ब १७ करोड ७१ लाख रुपैयाँ, कृषि विकास बैंकको १ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ, सिटिजन्स बैंकको १ अर्ब ७४ करोड ६१ लाख रुपैयाँ, प्रभु बैंकको १ अर्ब ५० करोड ४८ लाख रुपैयाँ तथा हिमालयन बैंकको १ अर्ब १६ करोड ४३ लाख रुपैयाँ खुद नाफा रहेको छ।
सबैभन्दा कम खुद नाफा एनआईसी एशिया बैंकले ५० करोड ७७ लाख रुपैयाँ मात्र कमाएको देखिएको छ। यसले बैंकको नाफा अन्य वाणिज्य बैंकको तुलनामा निकै दबाबमा रहेको संकेत गर्छ।
विश्लेषण गर्दा नबिल बैंकले अन्य बैंकभन्दा उल्लेख्य अन्तरले अग्रता कायम गरेको देखिन्छ। नबिल र दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकबीच करिब रु. २.५१ अर्बको नाफा अन्तर रहेको छ। त्यस्तै, अधिकांश बैंकहरूको खुद नाफा २ अर्बदेखि ४ अर्ब रुपैयाँको दायरामा सीमित रहेको देखिन्छ भने केही बैंकले मात्र ५ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन्।
बैंकहरूको नाफा ब्याज आम्दानी, सञ्चालन खर्च, कर्जा विस्तार, निष्क्रिय कर्जाको अवस्था, जोखिम व्यवस्थापन तथा कर्जा नोक्सानी व्यवस्थापन (Provisioning) जस्ता पक्षले प्रत्यक्ष रूपमा प्रभावित हुने भएकाले आगामी त्रैमासिकमा यी सूचकहरूको अवस्था पनि महत्त्वपूर्ण रहने देखिन्छ।
प्रतिक्रिया 0