नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग

आइतबार, १४ भदौ २०८३, राति १०:२१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

बैंकका अनुसार उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उपलब्ध गराइएको हो। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका नागरिकको खोजी, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बाढीपछि अझै सम्पर्कमा आउन नसकेका व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।


प्रतिक्रिया 0