१० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको २०८३ भदौ १८ गते बसेको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कायम रहेको चुक्ता पुँजीबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजी रु. ६ अर्ब २१ करोड ३४ लाख ३६ हजार ७९२ रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर तथा नगद लाभांशको करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार बैंकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस शेयर तथा नगद लाभांश वितरणका लागि आवश्यक स्वीकृति नेपाल राष्ट्र बैंकबाट प्राप्त गर्नुपर्नेछ। त्यसपछि आगामी बीसौँ वार्षिक साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र शेयरधनीलाई लाभांश वितरण गरिनेछ।
No advertisements available
प्रतिक्रिया 0