एन आई सी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न

Monday, 01 June 2026, 07:07 PM
2 पटक हेरियो
Font Size: 20px

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा आज मिति २०८३/२/१८ गते सोमबारका दिन काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भई सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण शेयरको चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद शेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरु पारित गरेको छ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट श्री अशोक कुमार अग्रवालज्यू, श्री रामचन्द्र संघईज्यू, श्री जयन्त कुमार अग्रवालज्यू र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट श्री आदित्य कुमार अग्रवालज्यू, श्री केशव प्रसाद लम्सालज्यू र  श्री अनुपा प्रधान राजभण्डारीज्यूलाई निर्विरोध निर्वाचित गरेको छ । 

4 घण्टा अगाडि
2 पटक हेरियो

प्रतिक्रिया 0