भोटेकोशी बाढीपीडितलाई माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

सोमबार, १५ भदौ २०८३, राति ९:०६

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा मानवीय क्षतिसँगै घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। विपद्पछिको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ।

प्रतिक्रिया 0