काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा आएको भोटेकोशी बाढीले घर तथा पूर्वाधारसँगै बैंकका शाखा कार्यालयमा समेत क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ। सञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रभावित शाखा र कर्मचारीको अवस्थाबारे यकिन जानकारी लिन कठिन भएको छ।
नेपाल बैंकर्स संघका अनुसार टिमुरे क्षेत्रमा नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल आइएमई, माछापुच्छ्रे, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा सञ्चालनमा थिए। तीमध्ये केही शाखामा क्षति पुगेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण भने अझै संकलन हुन सकेको छैन।
संघले आकस्मिक बैठक बसेर प्रभावित कर्मचारीको उद्धार तथा क्षतिको विवरण संकलनका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गरिरहेको जनाएको छ। केही कर्मचारी अझै सम्पर्कमा नआएको र सञ्चार सेवा सुचारु भएपछि मात्रै शाखा, उपकरण तथा अन्य भौतिक संरचनामा भएको क्षतिको वास्तविक अवस्था स्पष्ट हुने बताइएको छ।
No advertisements available
प्रतिक्रिया 0