नबिल बैंकले पायो ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड

शनिबार, ९ श्रावण २०८३, बिहान ८:२७
Font Size: 20px

काठमाडौं – नबिल बैंकले भारतीय उद्योग परिसंघ (Indian Chamber of Commerce–ICC) द्वारा आयोजित 4th Emerging Asia Banking Conclave & Awards 2026 मा ‘Best Commercial Bank (Nepal)’ अवार्ड प्राप्त गरेको छ।

बैंकका अनुसार यो सम्मान ग्राहकहरूको विश्वास, कर्मचारीहरूको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको परिणाम हो। बैंकले यस उपलब्धिले आगामी दिनमा उत्कृष्ट सेवा, नवप्रवर्तन तथा दिगो बैंकिङ अभ्यासलाई अझ सुदृढ बनाउन प्रेरणा मिलेको जनाएको छ।

नबिल बैंकले ‘Banking and Beyond’ अवधारणाअन्तर्गत ग्राहक केन्द्रित सेवा, डिजिटल बैंकिङ, नवप्रवर्तन तथा दिगोपनलाई प्राथमिकतामा राख्दै वित्तीय क्षेत्रमा योगदान दिँदै आएको जनाएको छ।

बैंकले यस सम्मानलाई आफ्ना ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति समर्पित गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया 0