शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको ३३५औँ बैठकले ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले दिएको जानकारीअनुसार प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसहित) रहेको छ। सञ्चालक समितिबाट गरिएको यो प्रस्ताव नेपाल राष्ट्र बैंक तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।
No advertisements available
प्रतिक्रिया 0