नेपाल बैंकको बोर्डमा फेरबदल, तीन नयाँ सञ्चालक नियुक्त

मंगलबार, १६ भदौ २०८३, दिउँसो १२:०९

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा हेरफेर भएको छ। बैंकले सञ्चालक समितिमा नयाँ सदस्यहरु नियुक्त भएको तथा बाहिरिएको जानकारी गराएको छ।

बैंकको सञ्चालक समितिमा नेपाल सरकार तथा अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र देवराज जोशी नियुक्त भएका छन्। त्यस्तै, सर्वसाधारण शेयरधनी तथा संगठित संस्था कर्मचारी सञ्चय कोषको तर्फबाट सुवास खड्का सञ्चालक नियुक्त भएका छन्।

नेपाल बैंकले भदौ १६ गते नेप्सेलाई पठाएको पत्रमार्फत उक्त नियुक्तिबारे जानकारी गराएको हो।

यसैगरी, नेपाल सरकार तथा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल र सञ्चालक अमृत लम्साल तथा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक जीवन कुमार कटवाल सञ्चालक समितिबाट बिदा भएको बैंकले जनाएको छ।


प्रतिक्रिया 0