खुद नाफा ३.५२ अर्ब, ईपीएस २३.०६ रुपैयाँ
काठमाडौं। सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५४ प्रतिशत बढी हो।
बैंकको कुल सञ्चालन आम्दानी ८.५९ प्रतिशतले बढेर १२ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ७.२४ प्रतिशतले वृद्धि भई ९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी १७.६९ प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप १६.६६ प्रतिशतले बढेर ३२७ अर्ब १ करोड रुपैयाँ पुगेको छ। कर्जा तथा सापटी पनि ९.०५ प्रतिशतले वृद्धि भई २३३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।
बैंकको प्रति सेयर आम्दानी (EPS) २२.७६ रुपैयाँबाट बढेर २३.०६ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ २१९.९७ रुपैयाँबाट बढेर २२५.१७ रुपैयाँ पुगेको छ। पुँजी कोष अनुपात (Capital Fund to RWA) १३.१९ प्रतिशत रहेको छ।
यद्यपि, बैंकको वितरणयोग्य नाफा ७.१९ प्रतिशतले घटेर १ अर्ब ७० करोड रुपैयाँ मा सीमित भएको छ। त्यसैगरी, वितरणयोग्य ईपीएस १३.०४ रुपैयाँबाट घटेर ११.५३ रुपैयाँ मा झरेको छ।
यस अवधिमा बैंकको खराब कर्जा २.६२ प्रतिशतबाट बढेर ३.५३ प्रतिशत पुगेको छ। बैंकको आधार दर (Base Rate) भने ६.४२ प्रतिशतबाट घटेर ५.०२ प्रतिशत मा झरेको छ।
प्रतिक्रिया 0