प्राइम बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत, भदौ २४ देखि कारोबार

सोमबार, २२ भदौ २०८३, बेलुका ७:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्कासन गरेको ‘६.२५% प्राइम बैंक डिबेञ्चर २०९३’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंक र नेप्सेबीच सोमबार ऋणपत्र सूचीकरणसम्बन्धी सम्झौता भएको हो।

बैंकले १० वर्षे अवधिको कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। प्रतिकित्ता अंकित मूल्य रु. १,००० रहेको उक्त ऋणपत्रको कुल रकम रु. ३ अर्ब रहेको छ। ऋणपत्रले वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ।

उक्त ऋणपत्रको कारोबार नेप्सेमा बुधबार, भदौ २४ गतेदेखि दोस्रो बजारमा सुरु हुने भएको छ। भदौ २३ गते सार्वजनिक बिदा परेकाले सूचीकरणपछि कारोबार बुधबारबाट सुरु हुने जनाइएको छ।

प्रतिक्रिया 0