हालसम्म ११ वटा बैंकहरूले १४० भन्दा बढी शाखाहरू बन्द वा नजिकका शाखामा मर्ज गर्ने तयारी गरेका छन्। यसअघि नेपाल राष्ट्र बैंक ले महानगर क्षेत्रभित्र शाखा बन्द गर्न पूर्वअनुमति आवश्यक नपर्ने व्यवस्था गरेपछि बैंकहरूलाई शाखा समायोजनमा थप सहजता मिलेको छ।
बैंकहरूले शाखा बन्द गर्नुअघि कम्तीमा ९० दिन अगावै सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था छ। शाखा मर्ज हुँदा सञ्चालन खर्च घट्ने, व्यवस्थापन सहज हुने तथा स्रोत साधनको प्रभावकारी उपयोग हुने अपेक्षा गरिएको छ।
बैंकहरूका अनुसार डिजिटल बैंकिङ, मोबाइल एप, र QR भुक्तानीको विस्तारसँगै ग्राहकहरूको शाखा भ्रमण घट्दो क्रममा छ। यही कारणले बैंकहरू अब “digital-first banking model” तर्फ उन्मुख हुँदै शाखा संख्या घटाउँदै जाने रणनीतिमा देखिएका छन्।
हिजो बैंकहरूबीचको प्रतिस्पर्धा मुख्यतः शाखा विस्तार (branch expansion) मा केन्द्रित थियो। त्यो समयमा बैंकिङ सेवा पूर्ण रूपमा भौतिक शाखामा निर्भर भएकाले जुन बैंकले धेरै ठाउँमा शाखा खोल्न सक्थ्यो, उसले बढी ग्राहक, बढी निक्षेप र बढी कर्जा विस्तार गर्न सक्थ्यो। एउटै शहर वा बजार क्षेत्रमा पनि प्रतिस्पर्धी बैंकहरू एक–अर्काभन्दा अगाडि पुग्नका लागि शाखा खोल्ने होडमा थिए। त्यस बेला बैंकको उपस्थिति (physical presence) नै विश्वास र ब्रान्ड मूल्यको प्रमुख आधार मानिन्थ्यो। तर समयसँगै प्रविधिको विकास, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, QR भुक्तानी र डिजिटल वालेटको व्यापक प्रयोगले ग्राहक व्यवहार नै परिवर्तन भयो।
आज धेरैजसो बैंकिङ कारोबार शाखामा होइन, मोबाइल र डिजिटल माध्यमबाट हुने भएकाले शाखाको आवश्यकता पहिले जस्तो रहेन। त्यसैले अहिले बैंकहरू शाखा विस्तारको होइन, बरु अनावश्यक शाखा घटाउने वा गाभ्ने (merge) प्रतिस्पर्धामा छन्। एकै क्षेत्रमा दोहोरिएका शाखा, कम कारोबार हुने शाखा र उच्च सञ्चालन खर्च भएका शाखाहरू बन्द गरी लागत घटाउने र दक्षता बढाउने रणनीति अपनाइएको छ। साथै, नेपाल राष्ट्र बैंकको नीति, बैंक मर्जरपछि बनेको संरचना र डिजिटल बैंकिङतर्फको तीव्र रूपान्तरणले पनि यो परिवर्तनलाई थप गति दिएको छ। त्यसैले आजको बैंकिङ प्रतिस्पर्धा शाखा खोल्ने होइन, कम शाखामा बढी डिजिटल सेवा दिएर कम लागतमा बढी नाफा कसले कमाउन सक्छ भन्ने दिशामा केन्द्रित भएको छ।
हेर्नुहोस् कुन बैंक का कति शाखा बन्द हुदै छन
प्रतिक्रिया 0