निक्षेपमा ग्लोबल आइएमई पहिलो, CASA मा स्ट्यान्डर्ड चार्टर्ड अब्बल

आइतबार, ७ असार २०८३ ०६:४६ बेलुका
Font Size: 20px

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनाको तथ्यांकअनुसार नेपालका वाणिज्य बैंकहरूमध्ये कुल निक्षेप (Deposit) संकलनमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। उपलब्ध तथ्यांकअनुसार बैंकले ६.६८ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। राष्ट्रिय वाणिज्य बैंक ६.०३ खर्ब रुपैयाँसहित दोस्रो तथा नबिल बैंक ५.९२ खर्ब रुपैयाँसहित तेस्रो स्थानमा रहेका छन्।

त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) ५.२७ खर्ब रुपैयाँसहित चौथो र लक्ष्मी सनराइज बैंक ४.१२ खर्ब रुपैयाँसहित पाँचौं स्थानमा रहेका छन्। कुमारी बैंक, नेपाल बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंक क्रमशः शीर्ष १० भित्र परेका छन्।

तथ्यांकले केही ठूला बैंकहरूले ५ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरिसकेको देखाएको छ। बैंकिङ व्यवसायमा निक्षेपको आकारलाई बजार पहुँच, ग्राहक आधार र व्यवसायिक विस्तारको प्रमुख सूचकका रूपमा हेरिन्छ। यस आधारमा ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंक बैंकिङ उद्योगका सबैभन्दा ठूलो निक्षेप आधार भएका बैंकका रूपमा देखिएका छन्।

यता बैंकहरूको CASA (Current Account Saving Account) निक्षेप अनुपातको तथ्यांकले भने फरक तस्वीर प्रस्तुत गरेको छ। CASA अनुपातले बैंकको कुल निक्षेपमध्ये चालु तथा बचत खाताको हिस्सा कति छ भन्ने देखाउँछ। CASA जति उच्च हुन्छ, बैंकको निक्षेप लागत सामान्यतया त्यति कम हुने मानिन्छ।

यस सूचकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ७० प्रतिशत CASA अनुपातसहित शीर्ष स्थानमा रहेको छ। नेपाल बैंक ६६ प्रतिशतसहित दोस्रो तथा राष्ट्रिय वाणिज्य बैंक ५९ प्रतिशतसहित तेस्रो स्थानमा छ। सानिमा बैंक र प्रभु बैंकको CASA अनुपात पनि ५९ प्रतिशत रहेको छ।

नबिल बैंक र माछापुछ्रे बैंकको CASA अनुपात ५६ प्रतिशत, एनआईसी एसिया बैंकको ५५ प्रतिशत तथा कृषि विकास बैंकको ५३ प्रतिशत रहेको छ। ग्लोबल आइएमई बैंकको CASA अनुपात ५१ प्रतिशत रहेको छ भने एनएमबी बैंक ५० प्रतिशतमा रहेको छ।

अर्कोतर्फ, प्राइम बैंकको CASA अनुपात ३९ प्रतिशत रहेको छ, जुन सूचीमा सबैभन्दा कम हो। नेपाल एसबीआई बैंक ४१ प्रतिशत, हिमालयन बैंक ४३ प्रतिशत तथा एभरेष्ट बैंक ४५ प्रतिशत CASA अनुपातमा रहेका छन्।

निक्षेपका आधारमा सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई भए पनि CASA अनुपातमा १४औँ स्थानमा छ। यता निक्षेपका आधारमा सबैभन्दा सानो वाणिज्य बैंकमध्ये रहेको स्ट्यान्डर्ड चार्टर्ड भने CASA अनुपातमा शीर्ष स्थानमा रहेको छ।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार कुल निक्षेपले बैंकको आकार देखाउने भए पनि CASA अनुपातले बैंकको निक्षेपको गुणस्तर र लागतको अवस्था झल्काउँछ। त्यसैले बैंकको वित्तीय क्षमता मूल्यांकन गर्दा यी दुवै सूचकलाई सँगै हेर्नुपर्ने उनीहरूको भनाइ छ।

..

बैंकको नाम

कुल निक्षेप रकम रु 'खर्बमा'

 

..

बैंकको नाम

CASA निक्षेप (%)

ग्लोबल आइएमई बैंक

.६८

स्ट्यान्डर्ड चार्टर्ड (SCBNL)

७०%

राष्ट्रिय वाणिज्य बैंक (RBB)

.०३

नेपाल बैंक (NBL)

६६%

नबिल बैंक (NABIL)

.९२

राष्ट्रिय वाणिज्य बैंक (RBB)

५९%

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB)

.२७

सानिमा बैंक

५९%

लक्ष्मी सनराइज बैंक

.१२

प्रभु बैंक

५९%

कुमारी बैंक

.०४

नबिल बैंक (NABIL)

५६%

नेपाल बैंक (NBL)

.८८

माछापुछ्रे बैंक (MBL)

५६%

हिमालयन बैंक (HBL)

.४७

एनआईसी एसिया बैंक (NIC)

५५%

एनआईसी एसिया बैंक (NIC)

.४४

कृषि बिकास बैंक(ADBNL)

५३%

१०

सानिमा बैंक

.४०

१०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB)

५२%

११

कृषि बिकास बैंक(ADBNL)

.२९

११

लक्ष्मी सनराइज बैंक

५२%

१२

सिद्धार्थ बैंक (SBL)

.१२

१२

सिद्धार्थ बैंक (SBL)

५२%

१३

एभेरेष्ट बैंक(EBL)

.०६

१३

सिटिजन बैंक

५२%

१४

एनएमबी बैंक (NMB)

.०५

१४

ग्लोबल आइएमई बैंक

५१%

१५

प्रभु बैंक

.०५

१५

एनएमबी बैंक (NMB)

५०%

१६

प्राइम बैंक

.७५

१६

कुमारी बैंक

४९%

१७

माछापुछ्रे बैंक (MBL)

.२०

१७

एभेरेष्ट बैंक(EBL)

४५%

१८

सिटिजन बैंक

.२०

१८

हिमालयन बैंक (HBL)

४३%

१९

एसबीआई बैंक (NSBI)

.१९

१९

एसबीआई बैंक (NSBI)

४१%

२०

स्ट्यान्डर्ड चार्टर्ड (SCBNL)

.५१

२०

प्राइम बैंक

३९%

 

 

 

 

औसत भन्दा माथि

 

 

 

 

 

 

औसत भन्दा कम

 

प्रतिक्रिया 0