काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार बिदाको अवधिमा पनि भन्सार कार्यालयमा बैंकिङ सेवा नियमित सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सूचना जारी गर्दै तिहार बिदामा समेत भन्सार कार्यालयमा रहेका शाखाबाट आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन भनेको हो।
नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागको पत्रअनुसार व्यापार सहजीकरण गर्ने, आपूर्ति प्रणाली सुचारु राख्ने तथा सेवा प्रवाहको निरन्तरता कायम गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न अनुरोध गरिएको राष्ट्र बैंकले जनाएको छ।
सूचनाअनुसार तिहार बिदाको सार्वजनिक बिदाका दिन २०८३ कात्तिक २२ गतेदेखि कात्तिक २६ गतेसम्म भन्सार कार्यालयमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट आवश्यक बैंकिङ सेवा सुचारु राख्नुपर्नेछ।
No advertisements available
प्रतिक्रिया 0