काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट बैंक तथा वित्तीय संस्थाका १८ वटा शाखा गम्भीर रूपमा प्रभावित भएका छन्।
नेपाल राष्ट्र बैंक प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार वाणिज्य बैंकका ९, विकास बैंकका ८ र वित्तीय संस्थाको १ शाखा बाढीबाट गम्भीर रूपमा प्रभावित भएका छन्।
बाढीपछि सम्पर्कविहीन रहेका २६ बैंक कर्मचारीमध्ये ४ जना सम्पर्कमा आएका छन् भने २२ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिइएको छ।
No advertisements available
प्रतिक्रिया 0