नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड

बिहीबार, ७ श्रावण २०८३, बेलुका ६:१०
Font Size: 20px

काठमाडौं, साउन ७ – नबिल बैंक लिमिटेड विश्वप्रसिद्ध युरोमनी अवार्ड्स फर एक्सिलेन्स अन्तर्गत तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ तथा ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि प्राप्त गर्दै नेपालको बैंकिङ क्षेत्रमा आफ्नो नेतृत्वदायी भूमिका थप सुदृढ बनाएको जनाएको छ। यी अवार्डले बैंकको सुदृढ वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ESG) सम्बन्धी प्रतिबद्धताको अन्तर्राष्ट्रिय स्तरमा सम्मान भएको बैंकको भनाइ छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले उक्त सम्मान ग्राहक, कर्मचारी, शेयरधनी र साझेदारहरूले नबिल बैंकप्रति देखाएको विश्वासको परिणाम भएको बताएका छन्। उनका अनुसार यी अवार्डले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता बैंकले दोहोर्याएको छ।

युरोमनी अवार्ड्स फर एक्सिलेन्सलाई विश्व बैंकिङ क्षेत्रकै प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ। ‘नेपाल्स बेस्ट बैंक’ उपाधिले नबिल बैंकको वित्तीय सुदृढता, ग्राहक केन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टतालाई मान्यता दिएको छ।

त्यसैगरी, ‘बेस्ट बैंक फर ईएसजी’ अवार्डले दिगो वित्त, हरित लगानी, वित्तीय समावेशीकरण र सामाजिक उत्तरदायित्वमा बैंकले गरेको नेतृत्वको कदर गरेको छ भने ‘बेस्ट बैंक फर एसएमईज्’ अवार्डले साना तथा मझौला उद्यमका लागि वित्तीय सेवा, विशेष कर्जा योजना तथा परामर्श सेवामार्फत उद्यमशीलता र आर्थिक गतिविधि विस्तारमा बैंकले पुर्‍याएको योगदानलाई सम्मान गरेको हो।

नबिल बैंकले विगतदेखि नै डिजिटल बैंकिङ, दिगो बैंकिङ अभ्यास र वित्तीय समावेशीकरणमा निरन्तर लगानी गर्दै बैंकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रयास जारी राखेको जनाएको छ।

प्रतिक्रिया 0