दिगो बैंकिङमा नयाँ ट्रेन्ड: विश्वका अग्रणी बैंकहरू के गर्दै छन्?

आइतबार, १४ असार २०८३, बिहान ९:३९
Font Size: 20px

बैंकिङ क्षेत्र विश्वभर तीव्र परिवर्तनको चरणमा छ। कुनै समय बैंकहरूको मुख्य उद्देश्य निक्षेप संकलन, कर्जा प्रवाह र नाफा आर्जनमा सीमित थियो। तर अहिले अवस्था फेरिएको छ। जलवायु परिवर्तन, वातावरणीय जोखिम, सामाजिक उत्तरदायित्व र सुशासन (ESG) सम्बन्धी बढ्दो चासोले बैंकिङ क्षेत्रको सोच नै परिवर्तन गरिदिएको छ।

आज विश्वका अग्रणी बैंकहरूले दिगो बैंकिङ (Sustainable Banking) लाई केवल हरित कर्जा (Green Loan) वा सामाजिक उत्तरदायित्व (CSR) को कार्यक्रमका रूपमा हेर्दैनन्। बरु, उनीहरूले दिगोपनलाई आफ्नो सम्पूर्ण व्यवसायिक रणनीति, जोखिम व्यवस्थापन, लगानी नीति र दीर्घकालीन विकासको आधार बनाएका छन्।

Transition Finance: हरित परियोजनाभन्दा ठूलो अवधारणा

विश्व बैंकिङको सबैभन्दा ठूलो ट्रेन्ड अहिले Transition Finance हो। यसअघि बैंकहरूले मुख्यतः जलविद्युत्, सौर्य ऊर्जा वा अन्य हरित परियोजनामा मात्र वित्तीय लगानी गर्थे। अहिले भने उच्च कार्बन उत्सर्जन गर्ने स्टिल, सिमेन्ट, उड्डयन तथा उत्पादन उद्योगलाई पनि वातावरणमैत्री प्रविधितर्फ रूपान्तरण गर्न आवश्यक पूँजी उपलब्ध गराउन थालेका छन्। यसको उद्देश्य उद्योग बन्द गर्नु होइन, उनीहरूलाई कम कार्बन उत्सर्जन गर्ने व्यवसायमा रूपान्तरण गराउनु हो। यही कारणले HSBC, Standard Chartered र ING जस्ता बैंकहरूले Transition Finance लाई आफ्नो प्राथमिकतामा राखेका छन्।

Sustainability-Linked Loan को विस्तार

कुनै कम्पनीले वातावरण, सामाजिक उत्तरदायित्व वा सुशासन (ESG) सम्बन्धी निश्चित लक्ष्य पूरा गरेमा बैंकले उसको ऋणको ब्याजदर वा अन्य सर्तमा सहुलियत दिने व्यवस्था नै Sustainability-Linked Loan हो।

मानौं एउटा सिमेन्ट कम्पनीले बैंकबाट रु. १ अर्ब ऋण लियो।

बैंकले यस्तो सर्त राख्यो:

  • ३ वर्षभित्र कार्बन उत्सर्जन २०% घटाउनुपर्ने।
  • वा नवीकरणीय ऊर्जाको प्रयोग ५०% पुर्‍याउनुपर्ने।

यदि कम्पनीले यी लक्ष्य पूरा गर्यो भने:

  • ब्याजदर १०% बाट ९.५% मा झर्न सक्छ।
  • वा अन्य शुल्कमा छुट पाउन सक्छ।

यदि लक्ष्य पूरा भएन भने:

  • ब्याजदर यथावत् रहन सक्छ।
  • कतिपय अवस्थामा थप (penalty) ब्याज पनि लाग्न सक्छ।

विश्वका ठूला बैंकहरूले अब कम्पनीलाई केवल "हरियो परियोजना" का लागि मात्र ऋण दिँदैनन्। बरु कम्पनीलाई कार्बन उत्सर्जन घटाउन, ऊर्जा दक्षता बढाउन, पानीको बचत गर्न, कर्मचारी सुरक्षा सुधार्न, लैङ्गिक समावेशिता बढाउन जस्ता लक्ष्य राख्न प्रेरित गर्दैछन्। यसले: कम्पनीलाई दिगो व्यवसायतर्फ अघि बढ्न प्रोत्साहन गर्छ। बैंकको ESG जोखिम घटाउँछ लगानीकर्ता र अन्तर्राष्ट्रिय वित्तीय संस्थाको विश्वास बढाउँछ।

Climate Finance बाट Nature Finance तर्फ

पहिले बैंकहरूले जलवायु परिवर्तन (Climate Change) रोक्ने परियोजनामा मात्र बढी ध्यान दिन्थे। उदाहरणका लागि:

  • सौर्य ऊर्जा (Solar)
  • जलविद्युत्
  • विद्युतीय सवारीसाधन (EV)
  • कार्बन उत्सर्जन घटाउने उद्योग

अब भने बैंकहरूको सोच फराकिलो हुँदै गएको छ। उनीहरू केवल कार्बन घटाउने होइन, सम्पूर्ण प्रकृतिको संरक्षण मा पनि लगानी गर्न थालेका छन्। यसलाई Nature Finance वा Nature & Biodiversity Finance भनिन्छ।

अहिले:

  • वन संरक्षण गर्ने परियोजनालाई ऋण दिन्छ।
  • नदी तथा ताल संरक्षण गर्ने परियोजनालाई वित्तीय सहयोग गर्छ।
  • जैविक विविधता (वन्यजन्तु र वनस्पति) जोगाउने परियोजनामा लगानी गर्छ।
  • दिगो कृषि (Sustainable Agriculture) लाई प्रोत्साहन गर्न ऋण दिन्छ।

AI को प्रयोगबाट जोखिम मूल्याङ्कन

पहिले बैंकहरूले ऋण दिने निर्णय गर्दा मुख्यतः ग्राहकको आम्दानी, सम्पत्ति, व्यवसाय र विगतको वित्तीय विवरण मात्र हेर्थे।अहिले भने कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरेर भविष्यमा आउन सक्ने विभिन्न जोखिमहरूको पनि विश्लेषण गर्न थालेका छन्। जस्तै:-

-कुनै क्षेत्र बाढीको उच्च जोखिममा छ कि छैन?

-अत्यधिक गर्मी वा जलवायु परिवर्तनले व्यवसायमा असर गर्छ कि गर्दैन?

-कम्पनीको कार्बन उत्सर्जन धेरै छ कि छैन?

-कच्चा पदार्थ आपूर्ति (Supply Chain) अवरुद्ध हुने सम्भावना छ कि छैन?

AI ले जोखिम पहिचान गरेर बैंकलाई भविष्यमा ऋण असुलीमा समस्या आउन सक्ने सम्भावना बारे जानकारी दिन सक्छ। त्यसका आधारमा बैंकले उचित निर्णय लिन सक्छ।

AI को प्रयोगले बैंकहरूलाई ग्राहकको विगत मात्र होइन, भविष्यमा आउन सक्ने जलवायु, प्राकृतिक र व्यवसायिक जोखिमहरूको समेत विश्लेषण गरेर सुरक्षित रूपमा ऋण लगानी गर्न मद्दत गरिरहेको छ।

Net Zero Banking

विश्वका अधिकांश ठूला बैंकहरूले सन् २०५० सम्म आफ्नो वित्तीय पोर्टफोलियोलाई Net Zero बनाउने लक्ष्य सार्वजनिक गरिसकेका छन्। यसका लागि उनीहरूले क्रमशः कोइला तथा उच्च प्रदूषण गर्ने उद्योगमा लगानी घटाउँदै नवीकरणीय ऊर्जा, हरित पूर्वाधार र स्वच्छ प्रविधिमा लगानी बढाइरहेका छन्।

  • HSBC–सन् २०५० सम्म Net Zero Bank बन्ने लक्ष्य सार्वजनिक गरेको छ। यसले आफ्ना ग्राहकहरूलाई हरित रूपान्तरण (transition) गर्न सहयोग गर्ने र दिगो वित्त विस्तार गर्ने रणनीति अपनाएको छ।
  • BNP Paribas–कोइला लगायत उच्च प्रदूषण गर्ने गतिविधिमा वित्तीय सहयोग क्रमशः घटाउँदै हरित परियोजनामा लगानी बढाउने प्रतिबद्धता जनाएको छ।
  • Standard Chartered–२०५० सम्म आफ्नो financing activities लाई Net Zero सँग मिलाउने विस्तृत Transition Plan सार्वजनिक गरेको छ।
  • ING–विज्ञानमा आधारित (Science-based) Net Zero लक्ष्य तय गर्ने अग्रणी बैंकमध्ये एक हो र तेल, ग्यास तथा कोइलासम्बन्धी वित्तीय नीतिमा परिवर्तन गरिरहेको छ।
  • Bank of America–२०५० सम्म financing activities बाट हुने उत्सर्जनलाई Net Zero बनाउने लक्ष्य घोषणा गरेको थियो।

  • Green Mortgage को लोकप्रियता

  • Green Mortgage भनेको ऊर्जा दक्ष (Energy Efficient) घर किन्न, बनाउन वा पुरानो घरलाई ऊर्जा दक्ष बनाउन बैंकले विशेष सहुलियतसहित प्रदान गर्ने गृहकर्जा हो।

  • सामान्य गृहकर्जाभन्दा Green Mortgage मा ग्राहकलाई थप सुविधा दिइन्छ, किनभने यस्ता घरले कम ऊर्जा प्रयोग गर्छन्, कम कार्बन उत्सर्जन गर्छन् र वातावरणमैत्री हुन्छन्।

  • -सौर्य ऊर्जा (Solar Panels) जडान गरिएको हुन्छ।
  • -राम्रो इन्सुलेसन (Insulation) भएकाले गर्मी र जाडोमा कम ऊर्जा खर्च हुन्छ।
  • -LED बत्ती तथा ऊर्जा बचत गर्ने उपकरण प्रयोग गरिन्छ।
  • -वर्षाको पानी संकलन (Rainwater Harvesting) र पानी बचत गर्ने प्रणाली हुन्छ।
  • -हरित भवन (Green Building) सम्बन्धी मापदण्ड पूरा गरिएको हुन्छ।

  • त्यसैले बैंकहरूले पनि यस्ता घरलाई कम जोखिमयुक्त लगानीका रूपमा हेर्न थालेका छन्। युरोप, बेलायत, क्यानडा र अन्य विकसित देशहरूले कार्बन उत्सर्जन घटाउने लक्ष्य लिएका छन्। भवन क्षेत्रले विश्वको ठूलो हिस्सा ऊर्जा खपत गर्ने भएकाले बैंकहरूले Green Mortgage मार्फत ऊर्जा बचत गर्ने घर निर्माण र खरिदलाई प्रोत्साहन गरिरहेका छन्।

  • EV Financing मा बैंकहरूको प्रतिस्पर्धा

  • विश्वभर विद्युतीय सवारीसाधन (EV) को प्रयोग बढ्दै जाँदा बैंकहरूले पनि यस क्षेत्रमा विशेष वित्तीय उत्पादन ल्याइरहेका छन्। आज धेरै बैंकहरूले EV Loan, Charging Station Financing, Battery Financing जस्ता सेवा सञ्चालन गरिरहेका छन्।

  • Carbon Accounting

  • Carbon Accounting भनेको कुनै कम्पनी, बैंक वा संस्थाले आफ्नो गतिविधिबाट कति हरितगृह ग्यास (विशेषगरी कार्बन डाइअक्साइड) उत्सर्जन भइरहेको छ भन्ने मापन, अभिलेखीकरण (Record) र प्रतिवेदन (Report) गर्ने प्रक्रिया हो।

  • पहिले कम्पनीहरूले मुख्य रूपमा वित्तीय हिसाबकिताब मात्र राख्थे। अहिले भने वातावरणमा पार्ने प्रभाव पनि मापन गर्न Carbon Accounting गर्न थालेका छन्। पहिले बैंकहरूले आफ्नै कार्यालयबाट हुने कार्बन उत्सर्जन (जस्तै बिजुली, इन्धन र कार्यालय सञ्चालन) मात्र मापन गर्थे।

  • तर अहिले विश्वका अग्रणी बैंकहरूले आफूले ऋण दिएका कम्पनी वा परियोजनाबाट कति कार्बन उत्सर्जन भइरहेको छ भन्ने पनि मापन गर्न थालेका छन्। यसलाई Financed Emissions भनिन्छ। अर्थात्, बैंकले कोइला उद्योग, सिमेन्ट उद्योग वा अन्य उच्च प्रदूषण गर्ने क्षेत्रमा ऋण दिएको छ भने ती परियोजनाबाट हुने कार्बन उत्सर्जनलाई पनि बैंकले आफ्नो जलवायु प्रभावको हिस्सा मानेर विश्लेषण गर्न थालेका छन्।

  • SME Sustainability Banking

  • साना तथा मझौला उद्यमलाई अब केवल कर्जा दिने अभ्यासबाट बैंकहरू अघि बढिसकेका छन्। ESG Training, Green Business Consulting, Sustainability Advisory, Green Loan जस्ता सेवा पनि प्रदान गर्न थालेका छन्।
  • यसले साना व्यवसायलाई अन्तर्राष्ट्रिय बजारका लागि पनि तयार बनाइरहेको छ।

  • Climate Stress Testing

  • जलवायु परिवर्तनले बैंकको सम्पत्तिमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषय अहिले विश्वभरका केन्द्रीय बैंक र नियामकहरूको प्रमुख चासो बनेको छ। यदि ठूलो बाढी आयो भने? यदि अत्यधिक तापक्रम बढ्यो भने? यदि Carbon Tax लागू भयो भने?
  • यस्ता अवस्थाले बैंकको कर्जा पोर्टफोलियोमा कस्तो असर पार्छ भन्ने परीक्षणलाई Climate Stress Testing भनिन्छ।

  • यो अहिले धेरै विकसित मुलुकमा नियमित अभ्यास बनिसकेको छ।

  • नेपालका लागि अवसर

  • नेपालमा जलऊर्जा, सौर्य ऊर्जा, EV, जैविक कृषि, दिगो पर्यटन तथा हरित पूर्वाधारमा ठूलो सम्भावना छ। यदि नेपाली बैंकहरूले विश्वका यी अभ्यासलाई चरणबद्ध रूपमा अपनाउन सके दिगो विकाससँगै नयाँ व्यावसायिक अवसर पनि सिर्जना गर्न सक्नेछन्।

  • आगामी वर्षहरूमा नेपाली बैंकहरूले ESG आधारित कर्जा मूल्याङ्कन, Transition Finance, Green SME Financing, Climate Risk Management तथा AI आधारित जोखिम विश्लेषणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता झन् बढ्दै जाने देखिन्छ।

  • दिगो बैंकिङ अब कुनै वैकल्पिक अवधारणा होइन, बैंकिङ उद्योगको भविष्य हो। विश्वका अग्रणी बैंकहरूले दिगोपनलाई प्रतिस्पर्धात्मक लाभ, जोखिम व्यवस्थापन र दीर्घकालीन व्यवसायिक सफलताको आधार बनाइसकेका छन्।

  • नेपालका बैंकहरूले पनि नियामकीय अनुपालनमा मात्र सीमित नरही दिगो वित्तलाई रणनीतिक अवसरका रूपमा ग्रहण गर्न सके वित्तीय क्षेत्र अझ सुरक्षित, प्रतिस्पर्धी र भविष्यउन्मुख बन्न सक्छ।
  • प्रतिक्रिया 0