काठमाडौं । दसैँको पूर्वसन्ध्यामा साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से सामान्य बढेर बन्द भएको छ। नेप्से परिसूचक ८.२३ अंक अर्थात् ०.३१ प्रतिशतले बढेर २,६३४.१७ विन्दुमा पुगेको हो।
कारोबार अवधिमा नेप्सेमा उतारचढाव देखिए पनि अन्तिम समयमा बजारले सकारात्मक गति कायम राखेको छ। बिहीबारको तुलनामा नेप्से बढेसँगै लगानीकर्तामा दसैँअघि बजारप्रति केही उत्साह देखिएको छ।
शुक्रबार कुल रु. ४ अर्ब ८८ करोड ८ लाखभन्दा बढीको कारोबार भएको छ। यस दिन १ करोड ३३ लाख ७६ हजार ४८९ कित्ता सेयर कारोबार भएको बजार सूचकले देखाएको छ।
कारोबार भएका कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ। त्यस्तै १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन। समग्रमा बजारमा खरिदकर्ता केही बलियो देखिए पनि परिसूचकको वृद्धि भने सामान्य रहेको छ।
No advertisements available
प्रतिक्रिया 0