सेयर बजारमा नयाँ युग : इन्ट्रा–डे र सर्टसेलिङ कारोबारको लक्ष्य

Friday, 29 May 2026, 05:47 PM
1 पटक हेरियो
Font Size: 20px

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाली पूँजीबजारलाई आधुनिक र प्रविधिमैत्री बनाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेप्सेको पुनःसंरचना गर्दै चरणबद्ध रूपमा इन्ट्रा–डे ट्रेडिङ सुरु गर्ने बताउनुभएको हो। यसले लगानीकर्तालाई एउटै दिन शेयर किनबेच गर्न सक्ने सुविधा दिनेछ। साथै बजार घट्दा पनि नाफा लिन सकिने सर्ट सेलिङ र जोखिम व्यवस्थापनका लागि डेरिभेटिभ उपकरण पनि ल्याइनेछ।

बजेटमा नेपाली कम्पनीलाई विदेशी धितोपत्र बजारमा सूचीकृत हुने तथा ग्लोबल डिपोजिटरी रिसिटमार्फत अन्तर्राष्ट्रिय लगानी जुटाउने व्यवस्था गरिने उल्लेख छ। बजारमा हुने कर्नरिङ, इन्साइडर ट्रेडिङ र मूल्य चलखेल रोक्न सरकारले ‘शून्य सहनशीलता’ नीति अपनाउने जनाएको छ।

त्यस्तै, सूचीकृत कम्पनीको धितोपत्र बिक्रीमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम कर मानिने व्यवस्था गरिएको छ। व्यक्तिगत आयकरतर्फ १ प्रतिशत कर लाग्ने न्यूनतम आयसीमा ५ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको छ, जसले साना लगानीकर्ता र मध्यम वर्गलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

3 घण्टा अगाडि
1 पटक हेरियो

प्रतिक्रिया 0