ह्याथवे इन्भेस्टमेन्टले जलविद्युत र सुगर मिलमा ४० करोड लगानी गर्ने

बिहीबार, २५ भदौ २०८३, दिउँसो २:०७

काठमाडौं । ह्याथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले २४.९२१ मेगावाट क्षमताको इन्दुवा खोला पीआरओआर जलविद्युत आयोजनामा १५ करोड रुपैयाँसम्म लगानी गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार उक्त रकम आयोजनाको प्रवर्द्धक सेयरमा लगानी गरिनेछ। 

संखुवासभाको मकालु गाउँपालिका–५ मा विकास भइरहेको उक्त आयोजना भिजन टेस्ला पावर प्रालिले प्रवर्द्धन गरिरहेको छ। आयोजनाको क्षमता २४.९२१ मेगावाट रहेको छ भने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) २०८२ साउनमा पूरा भएको प्रवर्द्धक कम्पनीले जनाएको छ। आयोजनाबाट वार्षिक १४६.६३१ गिगावाट घण्टा विद्युत बिक्रीयोग्य हुने र ९ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत विद्युत जोड्ने योजना छ। 

ह्याथवेले विजयश्री सुगर मिल्स लिमिटेडको प्रवर्द्धक सेयरमा पनि २५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको छ। यससँगै जलविद्युत र चिनी उद्योगमा कम्पनीको प्रस्तावित कुल लगानी ४० करोड रुपैयाँसम्म पुग्नेछ। 

प्रतिक्रिया 0