काठमाडौं, साउन १ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन शुक्रबार उल्लेख्य सुधारसहित बन्द भएको छ। कारोबार बन्द हुँदा नेप्से ७९.७४ अंक (३.०६ प्रतिशत) ले बढेर २,६७७.५४ बिन्दु मा पुगेको छ।
आज कुल ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँभन्दा बढी बराबरको शेयर कारोबार भएको छ। बजारमा १ करोड ३ लाख ८९ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको देखिन्छ।
बजारमा हरियाली व्यापक देखिएको छ। कारोबार भएका कम्पनीमध्ये २५९ कम्पनीको शेयर मूल्य बढेको, १३ कम्पनीको घटेको तथा २ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार अवधिभर बजार सकारात्मक लयमा रहँदै अन्तिम समयमा पनि उकालो यात्रालाई कायम राखेको देखिन्छ।
आजको बजारले असार मसान्तपछि लगानीकर्ताको आत्मविश्वास बलियो बन्दै गएको संकेत दिएको छ। बजारमा खरिद चाप बढेसँगै अधिकांश सूचक तथा कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक प्रभाव परेको देखिएको छ।
आज नेप्सेमा अधिकांश सेक्टर हरियो रहे। विशेषगरी बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, व्यापार र अन्य उपसूचकमा सकारात्मक वृद्धि देखियो।
प्रतिक्रिया 0