काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको ‘हिमालयन ८०–२०’ योजनाका इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि १५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।
हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न भएको र योजनाका इकाइधनीलाई करसहित १५ प्रतिशतका दरले कुल १५ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
हिमालयन ८०–२० हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजना हो। यसको व्यवस्थापन हिमालयन क्यापिटल लिमिटेडले गर्दै आएको छ। हिमालयन क्यापिटल, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो भने नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर संस्था हो।
प्रतिक्रिया 0