पुँजीगत लाभकर घटाउने निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत

बुधबार, ३१ भदौ २०८३, राति १०:५३

काठमाडौं । सरकारले सेयर कारोबारबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकर घटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गरिएको सेयर बिक्रीबाट हुने लाभमा लाग्ने कर १० प्रतिशतबाट घटाएर ५ प्रतिशत तथा ३६५ दिनभन्दा बढी होल्ड गरिएको सेयरको लाभमा लाग्ने कर ७.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशत कायम गरेको हो।

पुँजीगत लाभकर कटौती अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनामा समेत समेटिएको थियो। कार्ययोजनामा दीर्घकालीन लगानीतर्फ ३.७५ प्रतिशत कर प्रस्ताव गरिएकोमा मन्त्रिपरिषद्ले त्यसलाई थप घटाएर ३.५ प्रतिशत स्वीकृत गरेको हो। नयाँ करदर राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ।

प्रतिक्रिया 0