२,५१३ विन्दुमा झर्यो इन्डेक्स, २५५ कम्पनी घटे
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३.४२ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १.७१ प्रतिशतको गिरावट हो।
कारोबार अवधिभर बजारमा बिक्री चाप हाबी हुँदा अधिकांश कम्पनीको सेयरमूल्य घटेको छ। बजार बन्द हुँदा २५५ कम्पनीको सेयरमूल्य घटेको, १९ कम्पनीको बढेको र ४ कम्पनीको स्थिर रहेको छ। यसले बजारमा व्यापक बिक्री दबाब रहेको देखाएको छ।
सोमबार कुल रु. ३ अर्ब ६४ करोड ११ लाखभन्दा बढीको कारोबार भएको छ। यस क्रममा ९३ लाख ८ हजार २२५ कित्ता सेयर किनबेच भएका छन्। कारोबारको सुरुवातमै दबाबमा आएको नेप्से दिनभर उतारचढावबीच अन्त्यमा पनि ठूलो गिरावटसहित बन्द भएको हो।
प्रतिक्रिया 0