नेप्से १४.४५ अंकले घट्यो, कारोबार रकम बढ्यो

बुधबार, १० असार २०८३ ०४:०७ बेलुका
Font Size: 20px

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २,६६०.०२ विन्दुमा झरेको छ। बजार घटे पनि कारोबार रकम भने बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

बुधबार धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत्, सोपान फर्मास्युटिकल्स, युनाइटेड मोदी हाइड्रोपावर, सप्तकोशी विकास बैंक र साहस ऊर्जा अगाडि रहेका छन् । फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.१९ तथा व्यापार ०.८१ प्रतिशत बढे ।

बैंकिङ ०.४८, विकास बैंक ०.५७, होटल तथा पर्यटन ०.६२, जलविद्युत् ०.६२, लगानी ०.३२, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन १.१०, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.६४ र अन्य १.०२ प्रतिशत घटे ।

टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो । भुजुङ हाइड्रोपावरको मूल्य १४.६९ प्रतिशत, सीवाईसी लघुवित्तको ९.९०, सपोर्ट माइक्रोफाइनान्सको ५.८९ प्रतिशत मूल्य बढ्यो । सोपान फर्मास्युटिकल्सको ५.०५ तथा भगवती हाइड्रोपावरको ३.६६ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया 0