काठमाडौं । नेपाली शेयर बजारमा नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा तथा हाल सञ्चालनमा रहेका खाताहरूको विवरण अद्यावधिक (अपडेट) गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले निक्षेप सदस्य (डीपी) हरूलाई पत्राचार गर्दै आगामी २०८३ असार १ गतेदेखि यो व्यवस्था लागू हुने जानकारी दिएको हो ।
सिडिएससीको जेठ १३ गतेको निर्णयअनुसार लागू हुन लागेको उक्त व्यवस्थाअन्तर्गत नयाँ खाता खोल्ने तथा पुराना खाताको विवरण अद्यावधिक गर्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउनुपर्नेछ। यसअघि नै डीपीहरूलाई आवश्यक प्रणाली विकास गर्न निर्देशन दिइसकेको सिडिएससीले जनाएको छ। लगानीकर्ताको विवरणलाई थप व्यवस्थित, अद्यावधिक र विश्वसनीय बनाउन यो व्यवस्था लागू गर्न लागिएको हो ।
प्रतिक्रिया 0