काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (भदौ २६, २०८३) अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर निष्काशन गरेको छ। प्रतिकित्ता रु. १०० अंकित मूल्य रहेको उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ। आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
आजै आवेदन दिन सकिने
बेनी हाइड्रोपावरको आईपीओ आजसम्म खुला रहनेछ। उपलब्ध विवरणअनुसार आईपीओमा मेरोसेयर तथा सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिन्छ। हालसम्मको मागलाई हेर्दा आईपीओमा अत्यधिक आवेदन परेको छ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको हिस्सा बाँडफाँटपछि बाँकी ८ लाख ६३ हजार २०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
बेनी हाइड्रोपावर प्रोजेक्टले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीको आईपीओका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले ‘इक्राएनपी–इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ।
प्रतिक्रिया 0