इन्साइडर ट्रेडिङमार्फत १६ अर्ब हिनामिना भएको अर्थमन्त्रीको दाबी

Tuesday, 12 May 2026, 11:00 PM
4 पटक हेरियो
Font Size: 20px

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार सीमित समूहको प्रभावमा पर्दा सर्वसाधारणको अर्बौं रुपैयाँ जोखिममा परेको बताएका छन् ।

उनका अनुसार इन्साइडर ट्रेडिङ र बजार हेरफेरमार्फत करिब १६ अर्ब रुपैयाँ दुरुपयोग भएको देखिएको छ, जसले वित्तीय प्रणाली र राजनीतिक संरचनामै असर पार्ने अवस्था सिर्जना गरेको छ ।

प्रतिनिधिसभा अर्थ समितिमा बोल्दै उनले विगतमा केही वित्तीय संस्था र बजार केही व्यक्तिको नियन्त्रणमा पुगेको स्वीकार गर्नुपर्ने अवस्था रहेको बताए ।

मन्त्री वाग्लेले पुँजी बजारलाई अझ पारदर्शी, व्यावसायिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न सरकार सुधारतर्फ अघि बढिरहेको जानकारी दिए । स्टक एक्सचेन्ज पुनःसंरचना लगायतका प्रतिवेदन कार्यान्वयनको तयारी भइरहेको पनि उनले उल्लेख गरे ।

17 घण्टा अगाडि
4 पटक हेरियो

प्रतिक्रिया 0