नेपाल टेलिकमको शेयर बिक्री गर्ने सरकारको घोषणा

Friday, 29 May 2026, 09:27 PM
23 पटक हेरियो
Font Size: 20px

सरकारले Nepal Telecom को शेयर बिक्री गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी स्वामित्व रहेका संस्थानहरूको पुनःसंरचना तथा निजी क्षेत्रको सहभागिता बढाउने नीति अन्तर्गत नेपाल टेलिकमको शेयर निष्कासन गरिने जानकारी दिनुभयो।

सरकारले पूँजीबजारमार्फत सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई शेयर बिक्री गरी कम्पनीको वित्तीय तथा व्यवस्थापकीय क्षमता थप मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ। यस कदमले नेपाल टेलिकममा पारदर्शिता, प्रतिस्पर्धात्मकता तथा सेवा विस्तारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी शेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताएका छन् ।

त्यसबाट प्राप्त हुने रकम नेपाललाई ‘टेक हब’ बनाउने अभियानमा उपयोग गरिने उनले बताएका छन् ।

एक घण्टा अगाडि
23 पटक हेरियो

प्रतिक्रिया 0