झिनो अंकले घट्यो नेप्से

बिहीबार, ११ भदौ २०८३, दिउँसो ३:४५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.०४ अंकले घटेर २,५५७.३१ विन्दुमा बन्द भएको हो।

आज नेप्सेमा कुल ३ अर्ब ७८ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दिनभर १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर किनबेच भएको तथ्यांकमा देखिन्छ।

कारोबार भएका कम्पनीमध्ये १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनी घटेका छन्। त्यस्तै १५ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

बिहीबार बजार कारोबारका क्रममा उतारचढाव देखिएको थियो। सुरुवाती समयमा घटेको नेप्से त्यसपछि सुधार हुँदै केही समय २,५६० विन्दुमाथि पुगे पनि अन्त्यतिर पुनः दबाबमा आएको थियो।


प्रतिक्रिया 0