काठमाडौं । मुक्तिनाथ म्युचुअल फन्ड–२ को इकाइ सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ। योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज अर्थात् २०८३ असोज १ गतेदेखि फन्डको इकाइ बिक्री खुला गरेको हो।
फन्डले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन गरेको छ। यसअनुसार कुल निष्कासन रकम १ अर्ब रुपैयाँ रहेको छ। निष्कासन गरिएका इकाइमध्ये न्यूनतम १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ बिक्री गर्नुपर्ने व्यवस्था रहेको छ। सोमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाइ कोष प्रवर्द्धक कम्पनी मुक्तिनाथ विकास बैंकका लागि र २ प्रतिशत अर्थात् २० लाख इकाइ योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम आवेदन रकम १ हजार रुपैयाँ हुनेछ। आवेदनमा सी–आस्बा प्रणाली तथा ‘मेरो शेयर’मार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। इकाइ बिक्री छिटोमा २०८३ असोज ६ गते र ढिलोमा २०८३ असोज १५ गते बैंकिङ समयपछि बन्द हुनेछ।
प्रतिक्रिया 0