नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिका संयोजक गुणाकर भट्टले राजीनामा दिएका छन् ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । तर, नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि अध्यक्षका लागि आवेदन दिएसँगै गुणाकरले राजीनामा दिएका हुन् । गोपाल भट्ट नातामा गुणाकर भट्टका दाइ हुन् । यसका साथै सँगै काम गरेका राष्ट्र बैंककै पुर्व कार्यकारी निर्देशक र पुर्व डेपुटी गभर्नरहरुले पनि बाेर्डकाे अध्यक्षका लागि आवेदन दिएपछि स्वार्थकाे द्वन्द हुने भन्दै भट्टले सिफारिस समितिकाे संयाेजकबाट राजिनामा दिएका हुन् ।
उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा गठित सिफारिस समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल थिए ।
सो समितिले प्राप्त आवेदनमध्येबाट तीन जनालाई सिफारिस गरेपछि सरकारले तीमध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रावधान छ ।
अब सरकारले सिफारिस समितिको संयोजक नियुक्त गरेपछि मात्रै धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढ्नेछ । अध्यक्षका लागि ४७ जनाको आवेदन परेको छ ।
प्रतिक्रिया 0