काठमाडौं । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २,५२२.६६ विन्दुमा पुगेको छ। परिसूचक ०.३६ प्रतिशतले उकालो लागेको हो।
बजार बढे पनि कारोबार रकम भने घटेको छ। आज रु. २ अर्ब ९० करोड ६९ लाख बराबरको कारोबार भएको छ। कुल ७६ लाख १३ हजार ६८१ कित्ता सेयर किनबेच भएका छन्।
आज १८१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले समग्र बजारमा खरीदतर्फको सहभागिता तुलनात्मक रूपमा बलियो रहेको देखाएको छ।
अघिल्लो कारोबार दिन नेप्से ४३.८९ अंकले घटेर २,५१३.४२ विन्दुमा बन्द भएको थियो।
आजको कारोबारमा नेप्से दिनभर उतारचढावमा रहे पनि अन्त्यमा सकारात्मक भएर बन्द भएको हो।
प्रतिक्रिया 0