काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल भारतीय रिजर्भ बैंक (आरबीआई) ले भारतको नयाँ दिल्लीमा अक्टोबर १९ र २० मा आयोजना गरेको ‘सम्वाद २०२६’ (Samvad 2026) मा सहभागी भएका छन।
‘आत्मनिर्भर र अन्तरआबद्ध वित्तीय भविष्यको निर्माण’ (Forging a Self-Reliant and Connected Financial Future) मुख्य विषय रहेको उक्त गोष्ठीमा वित्तीय आत्मनिर्भरता, वित्तीय प्रणालीबीचको अन्तरआबद्धता तथा दिगो वित्तीय प्रणालीको विकाससँग सम्बन्धित विषयमा नीतिगत विमर्श गरिएको छ।
वित्तीय प्रणालीलाई थप सबल, समावेशी र दिगो बनाउने सन्दर्भमा वित्तीय आत्मनिर्भरता र अन्तरदेशीय वित्तीय सहकार्य महत्त्वपूर्ण मानिन्छन्। यस विषयमा हुने अन्तर्राष्ट्रिय छलफलले केन्द्रीय बैंक तथा वित्तीय क्षेत्रका नीतिनिर्माताबीच अनुभव आदानप्रदान र नीतिगत समझदारी विस्तार गर्न सहयोग पुर्याउन सक्छ।
गभर्नर पौडेलको सहभागिताले नेपालको केन्द्रीय बैंकलाई वित्तीय प्रणालीको विकास, वित्तीय अन्तरआबद्धता र दिगो वित्तीय भविष्यसम्बन्धी अन्तर्राष्ट्रिय नीतिगत संवादमा जोड्ने अवसर प्रदान गरेको छ।
प्रतिक्रिया 0