मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने

Saturday, 16 May 2026, 08:37 PM
9 पटक हेरियो
Font Size: 20px

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षाको नीतिगत व्यवस्थाअनुसार चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।

केन्द्रीय बैंकका अनुसार विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप नै रहने प्रक्षेपण गरिएको छ । सोही प्रक्षेपणको आधारमा र हालको न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गर्दै लचिलो मौद्रिक नीतिको कार्यदिशालाई तेस्रो त्रैमासिकमा पनि निरन्तरता दिइएको हो ।

यसैगरी, राष्ट्र बैंकले विद्यमान नीतिगत दरहरूमा कुनै परिवर्तन गरेको छैन । नीतिगत व्यवस्थामा उल्लेख भएअनुसार ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्थाहरूलाई यथावत् कायम राखिएको छ ।

यद्यपि, ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधाको व्यवस्थालाई भने पुनरवलोकन गरिने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र सोको समीक्षाहरूमा गरिएका व्यवस्थाहरूबाट मूल्य, बाह्य क्षेत्र र वित्तीय क्षेत्रको स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ ।

14 घण्टा अगाडि
9 पटक हेरियो

प्रतिक्रिया 0