भोटेकोशी बाढीपीडितका लागि नेपाल राष्ट्र बैंकका कर्मचारीद्वारा १ करोड ३९ लाख सहयोग

सोमबार, २२ भदौ २०८३, बेलुका ४:३८

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगार्थ नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले १ करोड ३८ लाख ९९ हजार ४ सय २५ रुपैयाँ सहयोग गरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकका पदाधिकारी तथा कर्मचारी (करारसहित) का तर्फबाट उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको हो।

राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगार्थ उक्त रकम संकलन गरी कोषमा जम्मा गरिएको जनाएको छ।

राष्ट्र बैंकको गभर्नर कार्यालयबाट २०८३ भदौ २२ गते जारी विज्ञप्तिमा सहयोग रकमबारे जानकारी दिइएको हो।

प्रतिक्रिया 0