राष्ट्र बैंकले २ महिनाका लागि ५५ अर्ब निक्षेप उठाउँदै

बुधबार, २४ भदौ २०८३, बिहान ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले दुईमहिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो।

ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँका दरले बोल गर्न सक्नेछन्। बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्ने उद्देश्यले गरिने यस्तो निक्षेप संकलनमा राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकता दिनेछ।

प्रतिक्रिया 0