नेपाल राष्ट्र बैंकको सह-प्रवक्ता तथा सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

Monday, 01 June 2026, 07:23 PM
24 पटक हेरियो
Font Size: 20px

काठमाडौं  नेपाल राष्ट्र बैंकले गभर्नरको कार्यालयअन्तर्गत कार्यरत का.मु. निर्देशक सुधा श्रेष्ठलाई बैंकको सह-प्रवक्ता तथा सूचना अधिकारी तोकेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार श्रेष्ठलाई २०८३ जेठ १८ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको हो। उनी २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा आबद्ध रहँदै आएकी छन् ।

सह-प्रवक्ता तथा सूचना अधिकारीका रूपमा श्रेष्ठले राष्ट्र बैंकका आधिकारिक धारणा, नीति तथा निर्णयबारे सञ्चारमाध्यम र सर्वसाधारणलाई जानकारी गराउने, सूचना प्रवाहलाई व्यवस्थित बनाउने तथा सार्वजनिक सरोकारका विषयमा बैंकको प्रतिनिधित्व गर्ने जिम्मेवारी निर्वाह गर्नेछिन् ।

राष्ट्र बैंकले उनको सम्पर्क विवरणसमेत सार्वजनिक गरेको छ। बैंकसम्बन्धी सूचना तथा जानकारीका लागि सरोकारवालाले सूचना अधिकारीमार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।


4 घण्टा अगाडि
24 पटक हेरियो

प्रतिक्रिया 0