राष्ट्र बैंकले आज फेरि ३० अर्ब रुपैयाँ खिच्दै

Wednesday, 03 June 2026, 10:39 AM
82 पटक हेरियो
Font Size: 20px

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले आज फेरि ३० अर्ब रुपैयाँ बराबरको तरलता बजारबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम अवशोषण गर्न दिउँसो ३ बजे बोलकबोल आह्वान गरेको हो । 

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र वित्तीय संस्थाले बहुब्याजदरमा समेत आवेदन दिन सक्ने व्यवस्था छ । 

बैंकिङ प्रणालीमा कर्जा विस्तार अपेक्षाअनुसार हुन नसक्दा निक्षेप तथा लगानीयोग्य रकम (तरलता) उच्च अवस्थामा रहेको छ। यही कारण राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्दै ब्याजदरलाई स्थिर राख्न नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । 

पछिल्ला महिनाहरूमा राष्ट्र बैंकले ३० अर्ब, ४० अर्बदेखि १ खर्ब २० अर्ब रुपैयाँसम्मका निक्षेप संकलन उपकरण जारी गर्दै बजारबाट रकम खिचिरहेको छ। यसले बैंकिङ प्रणालीमा अधिक तरलता अझै चुनौतीकै रूपमा रहेको संकेत गरेको छ ।

13 घण्टा अगाडि
82 पटक हेरियो

प्रतिक्रिया 0