काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील वलभ पन्तलाई पुनः चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको २०८३ साल असोज १६ गते (२ अक्टोबर २०२६) बसेको ४२१औँ बैठकले पन्तलाई पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।
पन्तको हालको कार्यकाल २०८३ साल असोज २३ गते समाप्त हुन लागेकाले त्यसपछिको चार वर्षका लागि, अर्थात् २०८३ साल असोज २४ गतेदेखि २०८७ साल असोज २३ गतेसम्म लागू हुने गरी पुनर्नियुक्त गर्ने निर्णय गरिएको हो।
प्रतिक्रिया 0