काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित तथा प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्।
भोटेकोशी बाढीपछि सरकारले प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।
नेशनल लाइफले विपद् प्रभावितको सहयोगका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ।
प्रतिक्रिया 0