सरकारले सवारी दुर्घटनाबाट प्रभावित तेस्रो पक्षलाई प्रदान गरिने बीमा रकम १० लाख रुपैयाँसम्म पुर्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले सडक दुर्घटनाबाट पीडित नागरिकलाई थप आर्थिक सुरक्षा र राहत उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागेको हो।
हाल कायम रहेको बीमा सीमालाई अपर्याप्त भएको गुनासो बढिरहेका बेला सरकारले बीमा कभरेज विस्तार गर्ने नीति अघि सारेको जनाएको छ। नयाँ व्यवस्थापछि दुर्घटनामा घाइते वा क्षति व्यहोर्ने तेस्रो पक्षले पहिलेभन्दा बढी क्षतिपूर्ति प्राप्त गर्न सक्नेछन्।
सरकारले बीमा क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय र नागरिकमैत्री बनाउन विभिन्न सुधार कार्यक्रम पनि अघि बढाउने जनाएको छ। यस कदमले सडक दुर्घटनाबाट उत्पन्न आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया 0