काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार, पुनर्स्थापना र मानवीय सहयोगका लागि उक्त रकम सरकारको कोषमा प्रदान गरेको जनाएको छ। नेपाल लाइफले प्राकृतिक विपद्को यस कठिन अवस्थामा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको हो।
कम्पनीका अनुसार सहयोगले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0