हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष निरौलाले दिए राजीनामा

बिहीबार, १८ भदौ २०८३, बिहान १०:३०

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदयकुमार निरौलाले पदबाट राजीनामा दिएका छन्।

कम्पनीको सञ्चालक समितिको ९६औँ बैठकले निरौलाले दिएको राजीनामा स्वीकृत गरेको हो। कम्पनीका अनुसार निरौलाले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका हुन्।

उनले २०८३ साल भदौ १० गतेदेखि लागू हुने गरी अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ। यसअघि शेखर गोल्छाको राजीनामापछि उदयकुमार निरौलालाई बोर्ड बैठकले अध्यक्ष नियुक्त गरेको थियो।

प्रतिक्रिया 0