काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका अनुसार उक्त सहयोग सिटिजन लिडर्स, कर्मचारी तथा कम्पनीको सामूहिक योगदानमार्फत प्रदान गरिएको हो। विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा लगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको छ। बाढीबाट प्रभावित परिवारको उद्धार, राहत वितरण र पुनर्स्थापनाका लागि विभिन्न सरकारी निकाय, निजी क्षेत्र तथा संघसंस्थाले सहयोग अघि बढाइरहेका छन्।
सिटिजन लाइफले पनि विपद्को कठिन अवस्थामा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
कम्पनीले विपद्को यस कठिन घडीमा प्रभावित समुदायको साथमा रहनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा सामूहिक योगदान महत्वपूर्ण हुने बताएको छ।
प्रतिक्रिया 0