निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ५०.६० अर्ब रुपैयाँ पुग्यो

शिखरको अग्रता कायम, NLG को वृद्धिदर सबैभन्दा उच्च

बुधबार, १३ श्रावण २०८३, बेलुका ७:३६
Font Size: 20px

काठमाडौं। नेपालका १४ निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय आर्थिक वर्ष २०८२/८३ मा ५०.६० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल व्यवसाय ४३.९६ अर्ब रुपैयाँ रहेको थियो। यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय १५.१२ प्रतिशत ले बढेको तथ्यांकले देखाएको छ।

व्यवसायको आकारका आधारमा शिखर इन्स्योरेन्स ६.५१ अर्ब रुपैयाँ व्यवसायसहित पहिलो स्थानमा रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यवसाय ५.७९ अर्ब रुपैयाँ रहेको थियो, जसमा १२.३८ प्रतिशत वृद्धि भएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५.४२ अर्ब रुपैयाँ व्यवसायसहित दोस्रो तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स ५.३७ अर्ब रुपैयाँ व्यवसायसहित तेस्रो स्थानमा रहेका छन्। हिमालयन एभरेष्टको व्यवसाय ३१.०६ प्रतिशत ले बढेको छ।

त्यस्तै IGI Prudential Insurance को व्यवसाय ४.५५ अर्ब रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स को ४.३२ अर्ब रुपैयाँ तथा NLG Insurance को ४.२१ अर्ब रुपैयाँ पुगेको छ।

वृद्धिदरका आधारमा NLG Insurance सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको व्यवसाय ३७.३० प्रतिशत ले बढेको छ। त्यसपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स (३१.०६%), नेशनल इन्स्योरेन्स कम्पनी (२१.५८%), ओरिएन्टल इन्स्योरेन्स (२०.२४%) र IGI Prudential Insurance (१७.७३%) रहेका छन्।

यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्स को व्यवसाय भने अघिल्लो वर्षको तुलनामा ०.१७ प्रतिशत मात्र बढेको देखिएको छ, जुन सबैभन्दा कम वृद्धिदर हो।

समग्रमा निर्जीवन बीमा क्षेत्रको व्यवसाय ४३.९६ अर्ब रुपैयाँबाट ५०.६० अर्ब रुपैयाँ पुगेको तथ्यांकले बीमा बजारको विस्तार र बीमाप्रतिको आकर्षण बढ्दै गएको संकेत गरेको छ।


प्रतिक्रिया 0