काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रलाई अझ समावेशी, डिजिटल, जोखिम सचेत र आर्थिक विकासको सहयात्री बनाउन प्राधिकरण प्रतिबद्ध रहेको बताए । उनले यस वर्ष नियमन, निरीक्षण, आन्तरिक सुशासन र संस्थागत सुदृढीकरणका क्षेत्रमा महत्वपूर्ण प्रगति भएको उल्लेख गरे ।
कार्यक्रममा बीमा क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै, २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो भने खेलकुद प्रतियोगिताका विजेताहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा बीमा प्राधिकरणका पदाधिकारी, बीमा कम्पनीका सीईओ, संघ–संस्थाका प्रतिनिधि, कर्मचारी तथा पूर्वकर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 0