काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्बभन्दा बढी कुल बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा निर्जीवन बिमकहरूले करिब ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन्।
बीमा क्षेत्रमा आर्थिक गतिविधि विस्तार, मोटर तथा सम्पत्ति बीमामा बढ्दो आकर्षण, साथै व्यवसायिक जोखिम व्यवस्थापनप्रति सचेतना बढ्दै जाँदा निर्जीवन बीमाको व्यापारमा सुधार देखिएको हो। पछिल्लो समय उद्योग, व्यापार, हाइड्रोपावर तथा पूर्वाधार परियोजनासँग सम्बन्धित बीमाको दायरा पनि विस्तार हुँदै गएको छ।
तथ्यांकअनुसार केही ठूला निर्जीवन बीमा कम्पनीहरूले सबैभन्दा बढी प्रिमियम संकलन गरेका छन्। शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर लगायत कम्पनीहरू व्यापार विस्तारमा अगाडि देखिएका छन्।
बीमा विज्ञहरूका अनुसार पछिल्लो समय डिजिटल माध्यमबाट बीमा सेवा विस्तार हुनु, बैंकास्योरेन्स प्रणालीको प्रयोग बढ्नु तथा जोखिमप्रतिको चेतना विस्तार हुनु निर्जीवन बीमा बजार वृद्धिका मुख्य कारण हुन्।
प्रतिक्रिया 0