जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क संकलन २६ प्रतिशत ले बढ्यो

बुधबार, १० असार २०८३ ०१:०४ बेलुका
Font Size: 20px
नेपालका जीवन बीमा कम्पनीहरूको व्यवसायमा उत्साहजनक सुधार देखिएको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कुल प्रथम बीमा शुल्क (First Premium) संकलनमा २६ प्रतिशतको बलियो वृद्धि हासिल गरेका छन्।
प्राप्त तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले ३९ अर्ब ५९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ३१ अर्ब ३४ करोड रुपैयाँ मात्र संकलन गरेका थिए।
आईएमई लाइफको  ७९ प्रतिशतको छलाङ्ग
व्यापार बढाउने दौडमा आईएमई लाइफ सबैभन्दा अगाडि छ। यसले गत वर्षको तुलनामा ७९% को ग्रोथ गरेको छ, जुन १४ वटै कम्पनीमध्ये सबैभन्दा उच्च हो। सिटिजन लाइफ ४२% र रिलायबल नेपाल लाइफ ३८% ग्रोथसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। एशियन लाइफ (३३%) को वृद्धि पनि उत्कृष्ट छ।
मर्जरपछिको हिमालयन लाइफ सुस्त
मर्जर भएर ठूलो बनेको हिमालयन लाइफको ग्रोथ दर सबैभन्दा कमजोर अर्थात् मात्र ४% छ। यसले कम्पनीको नयाँ व्यापार विस्तार सुस्त रहेको संकेत गर्छ।
समग्र जीवन बीमा बजारको औसत ग्रोथ दर २६% रहेको छ। नेपाल लाइफ (२९%) र प्रभु महालक्ष्मी लाइफ (२९%) ले बजारको औसत दरभन्दा केही माथि रहेर ग्रोथ गरेका छन्। 
नेपाल लाइफको २६% बजार हिस्सा
कुल बजारको २६% हिस्सा (एक चौथाइभन्दा बढी) एक्लै नेपाल लाइफको नियन्त्रणमा छ। यसको अर्थ बजारमा आउने हरेक १०० रुपैयाँ प्रिमियममध्ये २६ रुपैयाँ नेपाल लाइफमा जान्छ।
नेशनल लाइफ १४% र एलआईसी नेपाल ८% बजार हिस्सासहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यी तीन कम्पनीले मात्रै कुल बजारको झण्डै आधा हिस्सा (४८%) ओगटेका छन्।
सूर्यज्योति लाइफको ७% र आईएमई, सिटिजन तथा हिमालयन लाइफको समान ६/६ प्रतिशत हिस्सा छ। राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफको बजार हिस्सा सबैभन्दा कम अर्थात् समान ३/३ प्रतिशत मात्रै रहेको छ। 

Life Insurance Companies' First Premium "Rs. in Lakh"

S.N

Companies

Upto 2083 Jestha

Upto 2082 Jestha

Growth

Growth %

Market share

1

IME Life

               22,656.01

               12,643.89

   10,012.12

79%

6%

2

Citizen Life

               24,520.64

               17,323.81

     7,196.83

42%

6%

3

Reliable Nepal Life

               18,370.30

               13,340.38

     5,029.92

38%

5%

4

Asian Life

               21,215.39

               15,897.66

     5,317.73

33%

5%

5

Prabhu Mahalaxmi Life

               16,090.24

               12,440.37

     3,649.87

29%

4%

6

Nepal Life

             101,668.83

               79,113.49

   22,555.34

29%

26%

7

LIC Nepal

               29,896.95

               24,106.81

     5,790.14

24%

8%

8

Sanima Reliance Life

               18,203.36

               14,923.72

     3,279.64

22%

5%

9

National Life

               56,365.66

               47,035.13

     9,330.53

20%

14%

10

SuryaJyoti Life

               28,056.81

               23,566.44

     4,490.37

19%

7%

11

Sun Nepal Life

               10,787.44

                 9,217.38

     1,570.06

17%

3%

12

Rastriya Jeevan Beema

               11,170.98

                 9,596.48

     1,574.50

16%

3%

13

Met Life

               14,456.55

               12,583.92

     1,872.63

15%

4%

14

Himalayan Life

               22,483.58

               21,674.95

         808.63

4%

6%

Total

             395,942.74

             313,464.43

   82,478.31

26%

100%


प्रतिक्रिया 0